देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महन्थ पक्षका राजकिशोर यादव र मनिष सुमन उपेन्द्र पक्षमा

देशान्तर

काठमाडौं– जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षका नेताद्वय राजकिशोर यादव र मनिष सुमन अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा उभिएका छन्।

आधिकारिकता टुंगोमा पुर्‍याउन निर्वाचन आयोगले ‘हेड काउन्ट’ सुरु गरेपछि अध्यक्ष ठाकुर पक्षका नेताहरू यादव पक्षको लाइनमा पुगेका हुन्।

ठाकुर पक्ष पक्ष निवर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारमा जादा राजकिशोर यादव मन्त्री बनेका थिए। ठाकुर पक्षको लिष्टमा नअटाएका यादवलाई ओलीले मन्त्री बनाएका थिए।

यस्तै, अर्का नेता मनिष सुमन पनि अध्यक्ष यादवकै पक्षमा उभिएका छन्। यादवको पक्षमा सनाखत गर्न निर्वाचन आयोग पुगेका नेता सुमनले पार्टी एकताको लागि धेरै पहल गर्दासमेत सफल नभएको बताए।