देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गणतन्त्र खतरामा, राजाको स्वीकार्यता उच्च : मिश्र

देशान्तर

काठमाडौं – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले एकताको प्रतिकका रुपमा राजाको स्वीकार्यता उच्च देखिएको बताएका छन् ।

छलफलका लागि भन्दै संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव सार्वजनिक गरेका मिश्रले गणतन्त्र पनि आयातित भएको टिप्पणी गरेका छन् ।

त्यसका बग्रेल्ती प्रमाण छन् भनेका उनले सात दल र माओवादीलाई निमित्त नायक मात्र भएको र पूर्वराजा ज्ञानेन्द्रले पनि बारम्बार ‘जनताले चाहनुपर्‍यो अनि हुन्छ’ त्यसै नभनेको तर्क गरेका छन् ।

गणतन्त्रबारे जनभावना पनि बदलिँदै गएको उनको विश्लेषण छ । मिश्रले प्रस्तावमा भनेका छन्, ‘पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थाका विरूद्ध असोचनीय स्तरको विष फैलाउँदा पनि विभिन्न जातजाति, भाषाभाषी, क्षेत्र, लिङ्ग, सबै तप्कामा एकताको प्रतीकका रूपमा राजाको स्वीकार्यता उच्च देखिन्छ ।’

पूर्वराजा ज्ञानेन्द्रको विरोध गर्नेहरु भएपनि जहाँ जाँदा पनि श्रद्धा गर्नेहरु धेरै रहेको मिश्रले बताएका छन् । उनले भनेका छन्, ‘उनको लोकप्रियता कुनै नेताको भन्दा कम देखिँदैन । उनको जयजयकार गर्न कुनै पार्टीको निर्देशनबिना जो स्वस्फूर्तरूपमा निस्कन्छन्, ती ‘प्रतिगामी’को बिल्ला भिर्न तयार भएर निस्किएका हुन् । प्रतिगामीको बिल्ला लाग्ने डरले घरमै बसेर मौन समर्थन गर्नेहरूको त हिसाबकिताब नै भएको छैन । त्यो एउटा बदलिँदो परिवेशको संकेतमात्र हो ।’