देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उपेन्द्र यादव समूहले पायो जसपाको आधिकारिकता

देशान्तर

काठमाडौं – जनता समाजवादी पार्टी जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव समूहले पाएको छ। निर्वाचन आयोगमा भएको हेड काउन्टको आधारमा अध्यक्ष यादव समूहलाई आधिकारिकता दिएको हो।

निर्वाचन आयोगले आधिकारिकता टुंग्याउन जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिलाई निर्वाचन आयोग बोलाएको थियो।

अर्का अध्यक्ष महन्थ ठाकुर समूहमा १६ जना मात्रै उभिए भने यादव समूहको पक्षमा ३४ जनाले सनाखत गरेका थिए। निलम्बित सांसद रेशम चौधरी तटस्थ बसेका थिए।

आधिकारिकता प्राप्त गरेपछि पार्टीबाट विभाजन नभएर केही व्यक्ति निस्केको नेता महेन्द्र राय यादवले बताए। उनले भने, हामीले ४ जनालाई यसअघि नै कारबाही गरिसकेका छौँ। त्यहीअनुसार पार्टी अगाडि बढ्छ।