देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने सत्ता पक्षमा सहमति

देशान्तर

काठमाडौं – सरकारलाई तत्काल पूर्णता दिने विषयमा सत्तारुढ दलका शीर्ष नेताबीच सहमति बनेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान बसेको सत्तारुढ दलका शीर्ष नेताको बैठकमा सरकारलाई तत्कालै पूर्णता दिने सहमति भएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिए ।

बैठकमा गठबन्धनका तर्फबाट सरकारको साझा नीति तथा कार्यक्रम ल्याउनेबारे पनि छलफल भएको र त्यसबारे गृहकार्य गरेर मूर्तरूप दिइने पौडेलले बताइन्।

यस्तै, प्रदेश प्रमुख र विभिन्न निकायमा गरिने राजनीतिक नियुक्तिका लागि मापदण्ड बनाएर अघि बढ्ने भन्ने विषयमा पनि शीर्ष नेताहरूबीच सामान्य छलफल भएको छ। यसलाई अन्तिम रूप दिन आजै बेलुकासम्म फेरि शीर्ष नेताहरूको बैठक बस्ने तयारी छ।

बैठकमा कांग्रेसबाट प्रधानमन्त्री तथा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौला सहभागी थिए।

यस्तै, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु, जसपा बाट अध्यक्ष उपेन्द्र यादव, डा। बाबुराम भट्टराई, अशोक राई, एमालेको माधव नेपाल समूहबाट विजय पौडेल, जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष पौडेललगायतको सहभागीता थियो ।

शक्ति बाँडफाँडबारे सरकार सञ्चालन र गठबन्धनलाई कार्यसम्पादनमा सहयोग गर्न बनेको कार्यदलले यसअघि नै सुझाव पेस गरेको थियो।