काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बुधबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो। अर्को बैठकको मिति तय भएको छैन। सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउन माओवादीमा सकस परेको छ।
अध्यक्ष दाहालले सबै सांसदले मन्त्री बनाउन दबाबद दिएपछि आफू मानसिक तनावमा रहेको बताएका थिए। बुधबार बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकले मन्त्री छान्ने जिम्मा शीर्ष नेताहरुलाई दिने निर्णय गरेको थियो।





प्रतिक्रिया