देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी सांसदद्धारा सर्वोच्चमा रिट

देशान्तर

काठमाडौँ – नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि सांसद पद गुमाएका चार पूर्वमन्त्रीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शा र गौरीशंकर चौधरीले आफुहरुले दल त्याग नगरेको दाबी गर्दै निर्वाचन आयोगले दिएको विवरणमा आफुहरु माओवादी केन्द्रको सदस्य उल्लेख गरेर पुनर्बहालीको माग गर्दै रिट दायर गरेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पठाएको पत्रको आधारमा गत चैत्र २६ गते चारै जनाको संसद पद गुमेको थियो । रिटमा उनीहरुले निर्वाचन आयोगको रेकर्डमा आफुहरु एमालेको केन्द्रीय सदस्य नरहेको समेत उल्लेख गरेका छन् ।

साथै रिटमा माओवादी केन्द्रका अध्यक्षले पार्टीको विधान अनुसार आफूसँग नभएको अधिकार प्रयोग गरेर हटाएको समेत दाबि गरेका छन् ।