देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तटस्थ बसेका रेशम चौधरी जसपाको पक्षमा

देशान्तर

काठमाडौं –जनता समाजवादी पार्टी जसपाको आधिकारिकता विवाद समाधानका लागि निर्वाचन आयोगले गरेको सनाखतमा तटस्थ बसेका रेशम चौधरी जसपाको पक्षमा खुलेका छन् ।

डिल्लीबजार कारागारमा रहेका चौधरीले केन्द्रीय कार्यकारिणी बैठक चलिरहेको बेला फोनमार्फत आफू जसपाको आधिकारिक पक्षमा रहेको बताएको पार्टी प्रचार विभाग प्रमुख डम्बर खतिवडाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

जसपा आधिकारिता विवादमा निर्वाचन आयोगले बहुमत पक्ष छुट्याउन ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सोमबार बोलाएको थियो ।

सोमबार डिल्लीबजार कारागारबाट प्रहरीको गाडीमा राखेर निर्वाचन आयोग लगिएका चौधरीले आफूले जसपा विवादमा दुवै पक्षमा मत नदिई तटस्थ बसेको जिकिर गरेका थिए ।