देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उपाध्यक्ष पौडेलले भने कोरोना र बाढीपहिरोको प्रभावमा ध्यान दिन्छु

देशान्तर

काठमाडौँ — राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष विश्व पौडेलले कोरोना र बाढीपहिरोको प्रभावका बारेमा अध्ययन गरेर योजना बनाउने बताएका छन् । बिहीबार बिहान सिंहदरबारमा पदबहाली गर्दै उपाध्यक्ष पौडेलले कोभिड–१९ र बाढीपहिरोको प्रभावका बारेमा अध्ययन गर्ने बताए ।

उनले नियमित कामका साथै समग्र योजना तर्जुमाको गुणस्तर बढाउने, अर्थसहितका अन्य मन्त्रालयलाई पृष्ठपोषण दिने गरी काम गर्ने बताए । योजना आयोगसँग प्रत्यक्ष र नियमित रुपमा जोडिने निकायलाई बलियो बनाउने लक्ष्य रहेको उपाध्यक्ष पौडेलले बताए ।

उपाध्यक्ष पौडेलले भने, कोभिड र बाढीको प्रभावको बारेमा हामीले हेर्नुपर्नेछ । त्यसपछि नियमित काम, सम्पूर्ण योजनाको गुणस्तर बढाउने र अर्थलगायत अरु मन्त्रालयहरुलाई छुट ब्याक दिने काम र हामीलाई चाहिने अरु निकायहरुलाई बलियो बनाउने हाम्रो लक्ष्य छ ।

बाँकी कार्यकाल सरकारलाई उपयोगी हुने काम गर्ने उनको भनाइ थियो ।