देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बाघको बासस्थान सुरक्षित बनाउन आवश्यक : प्रधानमन्त्री देउवा

देशान्तर

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बाघको बासस्थानलाई सुरक्षित बनाउनेतर्फ ध्यान दिनुपर्ने बताएका छन् । विश्व बाघ दिवसको अवसरमा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा देउवाले बाघको बासस्थानका लागि जंगल आवश्यक रहेको र जंगल जोगाउनेतर्फ ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रकृति संरक्षणमा जोड दिनुपर्ने धारणा राखे । आफू प्रधानमन्त्री रहँदा सहयोद्धाहरु राम्रो भएकाले प्रकृति संरक्षणको सम्बन्धमा राम्रो काम गर्न सकेको उनले बताए । नेता नेपालले बाघको रक्षामा सबैले ध्यान पुर्‍याउनुपर्ने भन्दै प्रकृतिको संरक्षण भए मात्रै मानव जातिको संरक्षण हुने उनले बताए ।