देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधानका लागि शीर्ष नेतृत्व छलफलमा

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान गर्ने जिम्मा पाएका शीर्ष तीन नेताहरुको संयुक्त बैठक शरक्रबार बस्दैछ

। विवाद समाधानको जिम्मा पाएका पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला छलफलमा बस्न लागेका हुन् ।

बैठक देउवा निवास बुढानीलकण्ठमा बस्नेछ । यी शीर्ष तीन नेतामाथि पाँच दिनको समयभित्र विवाद टुंगो लगाउनुपर्ने बाध्यता रहेको छ ।

बारा र सप्तरी जिल्लामा नयाँ क्रियाशील सदस्यताको विवाद तथा धनुषा–४ र सर्लाही–२ मा नयाँ क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान गर्ने मुख्य जिम्मेवारी यी नेतामा रहेको छ ।

समायोजनबाट आएका क्रियाशील सदस्यताबारे पनि शीर्ष नेतृत्वले निर्णय गर्नेछ । राप्रपा छाडेर कांग्रेस प्रवेश गरेका सुनील थापा लगायतको टिमलाई दिने क्रियाशील सदस्यतामा विवाद हुँदा सदस्यता वितरण हुन सकेको छैन ।

क्रियाशील सदस्यता विवादका कारण आगामी भदौ १६ गतेदेखि हुने भनिएको कांग्रेसको १४ औं महाधिवेशन सो मितिमा नहुने पक्का भइसकेको छ ।