देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमसिसीसँग गोप्य सम्झौता भएको एमाले उपाध्यक्ष रावलको दाबी

देशान्तर

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसीसँग गोप्य सम्झौता भएको दाबी गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै रावलले सबै सम्झौता सार्वजनिक गर्न माग गरेका छन् ।

‘एमसीसीको मूल सम्झौता मात्रै यहाँ पेश भएको छ, रावलले भने, सँगसँगै थुप्रै गोप्य सम्झौता भएका छन् ति सबै सार्वजनिक गरियोस्।’

यसअघि भएका असमान सन्धी सम्झौताले अहिलेसम्म नेपालीहरु पीडित हुनुपरेको भन्दै रावलले राष्ट्रहित विपरीतका प्रावधान संशोधन नगरी एमसीसी पास गर्न नहुनेमा उनले जोड दिए।