देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस उद्योग व्यापार विभागद्वारा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ नियुक्तिको स्वागत

देशान्तर

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिअन्तर्गतको उद्योग व्यापार विभागले व्यवसायीको क्षेत्रबाट स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ नियुक्तिलाई स्वागत गरेको छ । विभागले निजी क्षेत्रबाट दक्ष व्यक्तिले विभागीय मन्त्रालयको जिम्मा पाउनुले मुलुककै हितमा काम हुने समेत ठहर गरेको छ ।

कांग्रेसले सबै वर्ग क्षेत्रलाई समेट्ने क्रममा व्यवसायिक क्षेत्रबाट स्वास्थ्य राज्यमन्त्री नियुक्ती हुनु गौरवको विषय भएको ठहर समेत विभागले गरेको छ ।

विभागका प्रमुुख चिनकाजी श्रेष्ठले जारी गरेको विज्ञप्तीमा शिक्षा, स्वास्थ्य, उर्जा तथा कृषि क्षेत्रमा आफूलाई कुशल व्यवस्थापकको रुपमा उभ्याइ सकेको र संविधानसभा तथा प्रतिनिधिसभा सदस्य समेत रहेर अब्बल सावित गरिसककोे व्याक्तिको विरोध हुनु दुर्भाग्यपूर्ण रहेको उल्लेख गरिएको छ ।

श्रेष्ठको कार्यकालमा मुलुक जटिल स्वास्थ्य अवस्थाबाट ग्रुजिएको अवस्था नियन्त्रणमा ल्याएर सबै नेपालीलाई भ्याक्सिन लगाउने अभियान सफल हुने आशा समेत विज्ञप्तीमा उल्लेख छ ।