देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संयुक्त विद्यार्थी संगठनद्धारा भारतसँग सीमा जोडिएका क्षेत्रका जनताको सुरक्षा गर्न माग

देशान्तर

काठमाडौँ – संयुक्त विद्यार्थी संगठनले महाकाली नदी वारपार गर्न लगाएको तुइन काटेर एसएसबीले दार्चुलाको ब्यास गाउँपालिका– २ का जयसिंह धामी बेपत्ता भएको घटनाको विरोध गरेको छ । सरकारको नेतृत्व गरिरहेको दल कांग्रेस, सत्तारुढ दलहरू माओवादी, जसपा, एमाले र जनमोर्चाका विद्यार्थी संगठनले सीमाक्षेत्रका जनताको सुरक्षाको ग्यारेन्टी गर्न पनि माग गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई संयुक्त विद्यार्थी संगठनले शनिबार बिहान ज्ञापनपत्र बुझाएको हो । संयुक्त विद्यार्थी संगठनका पाँच नेताले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, दार्चुलाको व्यास गाउँपालिका वडा नं। २ का जयसिंह धामी विदेश जानका लागि महाकाली नदी तर्ने क्रममा भारतीय सशस्त्र प्रहरीले तुइन काटिदिएपछि नदीमा बगेर बेपत्ता भएका छन् । संयुक्त विद्यार्थी संगठन भारतीय अपराधिक कार्यको विरोध र भत्र्सना गर्दै घटनाको छानविन गरी तुइन काट्ने व्यक्तिलाई कारबाही गर्न र सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गर्दछौं ।

धामी महाकाली तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएर महाकाली नदीमा बगेर बेपत्ता भएका थिए । एसएसबीको उक्त कार्यको नेपालमा विरोध भइरहेको छ ।

नेविसंघका अध्यक्ष राजीव ढुंगाना, अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैठौंका अध्यक्ष विमल पोखरेलले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।