देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उपेन्द्र यादव जसपा संसदीय दलको नेतामा सर्वसम्मत चयन

देशान्तर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव सर्बसम्मत चयन भएका छन् । संसदीय दलको सिंहदरबारस्थित संसदीय दलमा शनिबार बसेको बैठकले यादवलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको हो ।

जसपा कार्यकारिणी सदस्य तथा सांसद मोहम्मद इश्तियाक राईका अनुसार यादवलाई संसदीय दलको नेता बनाउन जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको प्रस्ताव र नेता महेन्द्र यादवको समर्थन गरेका थिए ।