काठमाडौँ – एमाले स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिए । बैठकमा केन्द्रीय विभाग पूर्णता, विधान महाविधेशनको तयारी र पार्टी सदस्यता नवीकरण तथा वितरण लगायका विषयमा छलफल हुने छ ।
यसअघि शनिबार बसेको बैठक कुनै पनि विषयमा प्रवेश नगरी पार्टी एकताका लागि थप पहल गर्ने भन्दै आजसम्मका लागि स्थगित भएको थियो । नेम्वाङले पार्टी एकता प्रयासका लागि बैठक स्थगित गरिएको जानकारी दिए ।





प्रतिक्रिया