देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दार्चुला घटनाका दोषीलाई कारबाहीको दायरामा नल्याए सडक संघर्ष गर्ने चेतावनी

देशान्तर

काठमाडौँ – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहितका २२ दलीय गठबन्धनले दार्चुला घटनाका दोषीलाई कारबाहीको दायरामा नल्याए सडक संघर्ष गर्ने चेतावनी दिएको छ । गठबन्धनले आइतबार जारी गरेको संयुक्त वक्तव्यमा घटनाबारे अविलम्ब कूटनीतिक पहल गरी यो घटनामा संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याउने काम गर्न शेरबहादुर देउवा नेतृत्वको सरकारसँग माग गरिएको छ । अन्यथा सडक सङ्घर्षमा उत्रनुबाहेक अर्को विकल्प नरहने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साउन १५ गते व्यास गाउँपालिका–२, मालघाटमा स्थानीय ३३ वर्षीय जयसिंह धामी भारतको बाटो हुँदै जिल्ला सदरमुकाम खलङ्गा जाने क्रममा तुइनबाट महाकाली नदी तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको डोरी काटिदिएपछि महाकाली नदीमा डुबेर बेपत्ता भएका थिए ।

यो तथ्यलाई प्रत्यक्षदर्शीहरुको भनाइले पुष्टि गरेको तर, भारतको पिथौरागढ जिल्ला अधिकारीले दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएर यो घटनामा एसएसबीको संलग्नतालाई इन्कार गरेपछि घटना झन् पेचिलो र जटिल बन्दै गएको उल्लेख गरिएको छ ।