काठमाडौँ — नेकपा माओवादी केन्द्रले साउन २० गते तय भएको बैठक १० दिनका लागि स्थगित गरेको छ । माओवादीको स्थायी कमिटीको आइतबारको बैठकले वर्तमान राजनीतिक गतिविधि र तयारी पूरा नभएकाले केन्द्रीय कमिटी बैठक सार्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
ुपछिल्ला राजनीतिक घटनाक्रम र तयारीका लागि आवश्यक समय लिनुपर्ने देखिएकाले केन्द्रीय कमिटीको बैठक यसघि साउन २० गतेदेखि बस्ने निर्णय गरेकोमा साउन ३० गते सुरु हुनेगरी स्थगित गरिएको छ उनले भने ।
यसबीचमा सबै वडा कमिटी गठन गर्न र त्यसको अद्यावधिक विवरण केन्द्रीय कमिटी बैठकमा आउँदा ल्याउनक लागि पनि सदस्यहरूलाई निर्देशन दिने निर्णय भएको श्रेष्ठले जानकारी दिए । ुसबै प्रदेश कमिटीहरूलाई वडा कमिटी गठन गर्न र त्यसको अद्यावधिक विवरण केन्द्रीय कमिटीको बैठकमा आउँदा केन्द्रीय कमिटीका सदस्यहरूले सम्बन्धित प्रदेशबाट लिइ आउन निर्देशन दिने निर्णय गरेको छ, उनले भने ।
त्यस्तै, लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलको सरकारले संविधानका मूल्य मान्यताकाविरुद्ध गतिविधि गरेको भन्दै आलोचना गरिएको पनि श्रेष्ठले बताए ।
प्रतिनिधिसभा र वर्तमान सरकारलाई पूरा कार्यकाल चलाउनका लागि गठबन्धनले विगतमा गरेका प्रतिबद्धता अनुसार अगाडि बढ्ने निर्णय भएको पनि उनले बताए ।
महाकाली नदीमा भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबीले तुइन काटेर नेपाली नागरिक महाकाली नदीमा बेपत्ता भएको घटनाको छानबिन गर्न पनि सरकारसँग माग गर्ने निर्णय भएको श्रेष्ठले बताए ।
अब मन्त्रिपरिषद् बिस्तार गर्न ढिलाइ गर्न नहुनेमा माओवादी पुगेको र गठबन्धन दलहरूको धारणा पनि त्यस्तै रहेको श्रेष्ठको भनाइ थियो । मन्त्रिपरषद् विस्तारबारे गठबन्धनमा सामेल दलहरूबीच निर्णायक छलफल भइरहेको उनले बताए ।
मन्त्रिपरिषद् बिस्तार नहुँदा सरकारको प्रभावकारितामा नकरात्मक प्रभाव पर्नेबारे आफूहरू सचेत रहेको उनको भनाइ थियो ।





प्रतिक्रिया