देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मन्त्री बन्नेकाे नामावली टुंग्याउने तयारीमा माओवादी

देशान्तर

सरकारमा जाने मन्त्रीहरुको नाम टुंग्याउन नेकपा माओवादी केन्द्रले आज स्थायी कमिटी बैठक बोलाएको छ ।

अपरान्ह ३ बजे पार्टी कार्यालय पेरिशडाँडामा बस्ने बैठकले पार्टीबाट सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम टुंग्याउने बताइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीबाट यसअघि अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जा मन्त्रीमा पम्फा भुसाल सहभागी भइसकेका छन् ।

बाँकी ५ जना मन्त्रीहरुको टुंगो आज लाग्ने माओवादी स्रोतको दावी छ ।

माओवादीको स्थायी कमिटी बैठक हिजो पनि बसेको थियो ।

उक्त बैठकले केन्द्रीय कमिटी बैठक दश दिन पर सार्दै साउन ३० मा बोलाउने निर्णय गरेको छ ।