देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले स्थायी कमिटी बैठक बस्दै

देशान्तर

नेकपा एमालेमा आन्तरिक एकताको प्रयास निष्कर्षमा पुग्न नसक्दा दुुबै पक्ष आ–आफ्नो ढंगले अघि बढ्ने संकेत देखिएको छ । एकता कार्यदलले तयार पारेको १० वुँदे सहमतिकै आधारमा पुर्नमिलन हुनुपर्ने संस्थापन पक्षको अडान छ ।

तर वरिष्ठ नेता माधव नेपाल भने १० बुँदे अनुुसार चल्ल्न तयार छैनन् । आफुलाई दोस्रो अध्यक्ष नचाहिने तर पार्टी अध्यक्ष केपी ओलीकै जति अधिकार चाहिने माधव नेपालको पछिल्लो शर्त छ ।

यसमा अध्यक्ष ओलीको कुनै प्रतिक्रिया आएको छैन ।

निर्वाचन आयोग लगायतका महत्वपूर्ण निकायमा आफ्नो पनि हस्ताक्षर चल्नुपर्ने नेपालको बटमलाईन रहेको बुझिएको छ । नेपाल पक्षलाई धेरै कुर्न नसकिने बुझाई अनुरुप संस्थापन पक्षले लगातार बैठक राखिरहेको छ ।

यहीक्रममा आज पनि एमाले स्थायी कमिटिको बैठक बस्दैछ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा पार्टीभित्रको विवाद, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुनेछ ।

असन्तुष्ट खनाल–नेपाल पक्षका स्थायी कमिटी सदस्यहरु भने बैठकमा उपस्थित भएका छैनन् ।