देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महाकाली नदीमा चारवटा झोलुंगे पुल निर्माण गरीने

देशान्तर

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँडले महाकाली नदीमा ४ वटा झोलुंगे पुल निर्माण प्रक्रिया थालनी भइसकेको बताएका छन्।

सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै गृहमन्त्री खाँडले भने, महाकाली नदीमा ४ वटा पुल, विस्थापित गरेर झोलुंगे पुल निर्माण थालनी प्रक्रिया अघि बढेको छ। दार्चुला जिल्लामा व्यास गाउँपालिका २ को जयसिंह धामीको तुइन तर्ने बेलामा खोलामा बेपत्ता भएका छन्।

हिँडेर जाँदा २ दिनको समय लाग्ने भएकाले धामीको टोलीले तुइन तर्न बाध्य भएको उनको भनाइ छ। बेपत्ता धामीको भारततर्फ पनि एसएसबीले पनि खोजी भइरहेको बताए।

दार्चुलामा महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन खोलिदिँदा धामी महाकाली नदीमा बेपत्ता भएका थिए। बेपत्ता भएको घटनाबारे भारतीय पक्षले एसएसबीको घटनामा कुनै संलग्नता नरहेको भन्दै लिखित पत्र पठाएको छ।

घटनाका दोषीलाई कारबाही गर्न व्यापक विरोध भइरहेको छ। तर, अध्ययन टोलीलाई १० दिनको समय दिएर घटनास्थल पठाइसकेको बताए। गृह मन्त्रालयले आइतबार दार्चुला घटनाको छानबिन गर्नका लागि सहसचिव गौतमको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो।

समितिमा गौतमको संयोजकत्वमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी भट्ट सदस्य छन्। यस्तै, गृहमन्त्री खाँडले बाढी ग्रस्त क्षेत्रको व्यवस्थापन गर्नका साथै जनताको जीउधनको रक्षा गर्न प्रतिबद्ध जनाएका छन् ।