चितवन – भरतपुरको चौबिसकोठीमा सोमबार मिलिनियम च्यालेन्च कर्पोरेसन एमसीसी सम्झौता खारेज माग गर्दै विरोध प्रर्दशन भएको छ ।
संयुक्त संघर्ष समिति चितवनले एमसीसी देशका लागि राष्ट्रघाती हुने र नेपाललाई विदेशी शक्तिको रणभूमि बनाउने भन्दै प्रदर्शन गरेका थिए । जिल्ला प्रहरी कार्यालय र विरेन्द्र बहुमुखी क्याम्पसबाट सुरु गरिएको विरोध प्रदर्शन भरतपुरको चौबिसकोटीमा डेढ घण्टा चक्का जाम गरी टुगांइएको थियो ।
प्रदर्शनमा एमसीसी सम्झौता किन राष्ट्रघाती भन्दै विभिन्न कारणहरु भन्दै विभिन्न अभियान्तहरुले मन्तव्य राखेका थिए । त्यस्तै ‘नो एमसीसी’ लेखिएका पम्पप्लेटहरु लिएर प्रदर्शनकारीहरु सडकमा बसेका थिए ।





प्रतिक्रिया