काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक आज (मंगलबार) बस्दै छ । वरिष्ठ नेता रामचन्द्र पौडेलको अगुवाईमा संस्थापन इतर समूहका नेताहरु ठमेलको चाक्सीबारीस्थित केन्द्रीय सदस्य प्रकाशमान सिंह निवासमा भेला हुन लागेका हुन् ।
बैठक दिउँसो २ बजेका लागि बोलाइएको चाक्सीबारी स्रोतले जानकारी दिएको छ । बैठकमा पार्टीको आसन्न १४औं महाधिवेशनको विषयमा छलफल हुने बताइएको छ । बैठकमा क्रियाशील सदस्यता तथा यसअघि स्थगित भएको तल्लो तहको अधिवेशनको विषयमा समेत छलफल हुने स्रोतले जनाइएको छ ।
त्यस्तै सरकारमा सहभागिताका बारेमा पनि बैठकमा छलफल हुने एक नेताले जानकारी दिए ।





प्रतिक्रिया