देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एकता की फुट राेज्न माधव पक्षकाे बैठक बस्दै

देशान्तर

नेकपा एमालेको माधव कुमार नेपाल समूहको बैठक बस्दै छ । अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट रहँदै आएको यो समूहको बुधबार केन्द्रीय कमिटीको बैठक बस्ने छ ।

वर्तमान सरकारलाई विश्वासको मत दिन नेपाल पक्षका सांसदहरुले मतदान गरेपछि झनै बढेको विवाद अझै साम्य भएको छैन । नेपाल पक्षलाई सरकारमा सहभागी हुन आग्रह गर्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तालाई पुर्णता दिएका छैनन् । नेपाल पक्षले केन्द्रीय कमिटीमा निर्णय गरेर अघि बढ्ने बताएपछि देउवाले पनि केही समय कुर्ने संकेत गरेका थिए ।

बुधबार विहान ११ बजे बस्ने गरी बोलाइएको बैठकलाई सत्ता गठबन्धनले निकै चासोका साथ हेरेको छ । मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालसँग भेटवार्ता गरि सरकारमा सहभागि हुन अनुरोध गरेका थिए ।

सम्मानजनक एमाले एकताको पक्षमा उभिएका नेता नेपाल केन्द्रीय कमिटिको बैठकबाट पार्टीलाई मिलाएर जाने वा विभाजन गर्ने विषयमा टुंगो लगाउने बताइएको छ ।

पछिल्ला केही दिनयता विघटित कार्यदलका सदस्यहरुले एकताका लागि दुई शीर्ष नेताबीच भेटवार्ता गराउने प्रयास जारी राखेकै बेला सार्वजनिक मञ्चबाट शीर्ष नेताले आक्रामक अभिव्यक्ति भने दिन कम गरेका छैनन् ।

नेपाल पक्षले ओली पक्षले पार्टी एकताको प्रयास जारी रहेका बेला एकलौटी रुपमा निर्णयहरु गरेको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएको छ । सोमबार मात्रै ओली पक्षले एकलौटी बैठकले विभिन्न विभाग गठन गरेको थियो ।