देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने तयारी

देशान्तर

वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने प्रयासमा जुटेको सत्ता पक्षीय कार्यदलको बैठक आज पनि बस्दै छ ।

बैठक बालुवाटारमा बस्ने र न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने तयारी भइरहेको कार्यदलका एक सदस्यले जानकारी दिएका छन् ।

मंगलबार बिहान र बेलुकी दुई पटकसम्म कार्यदलको बैठक बसे पनि अन्तिम टुंगो लगाउन सकेको थिएन । कांग्रेस, माओवादी र जसपाका नेताहरु सम्मिलित कार्यदलले मन्त्रिपरिषदलाई पूर्णता, मन्त्री छनोट गर्ने मापदण्ड, संवैधानिक तथा राजनीतिक नियुक्ति सम्बन्धी कार्यविधि लगायतका विषयलाई समेटेर न्यूनतम साझा कार्यक्रमको खाका तयार पारेको छ ।

कार्यदलले अन्तिम प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाएपछि मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरिएको छ ।

सत्ता गठबन्धनका नेताहरुले सरकारलाई सघाउने उद्देश्यले नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यदल गठन गरेका छन् । कार्यदलमा कांग्रेसको तर्फबाट खड्कासँगै मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु सहभागी छन् ।