देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भूमिसम्बन्धी आयोगको खारेजी राजनीतिक पूर्वाग्रह पोखरेल

देशान्तर

काठमाडौं – लुम्बिनी प्रदेशका मुख्‍यमन्त्री शंकर पोखरेलले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेकोमा सरकारको राजनीतिक पूर्वाग्रह भएको टिप्पणी गरेका छन् ।

आयोगको विघटन भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित वसोवासीको आशा र अपेक्षामाथिको घात भएको भन्‍दै उनले यस प्रकारको जनविरोधी कार्यको सबैले विरोध गर्नु पर्ने र आयोगलाई पुनस्स्थापित गर्नका लागि जनदवाव सिर्जना गर्नु पर्ने बताएका छन्।

सरकारले मंगलबार मन्त्रिपरिषद्को बैठकबाट देवीप्रसाद ज्ञवाली नेतृत्वको आयोग खारेज गरेको थियो । यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्न भन्दै देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा २ वैशाख २०७७ मा आयोग गठन गरेको थियो ।

उक्त आयोगले ७७ वटै जिल्लामा पदाधिकारी नियुक्ति र कार्यालय खडा गरेको थियो । उक्त आयोगले भूमिहीन र सुकुम्बासीका नाममा जग्गा वितरण गरेर राजनीति प्रेरित काम गरेको आरोप लागेको थियो ।