देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रियसभाबाट दुईवटा विधेयक पारित

देशान्तर

काठमाडौं – राष्ट्रियसभाबाट दुईवटा विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकले तथ्याङ्क विधेयक सर्वसम्मतले र योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक बहुमतले पारित गरेको हो ।

योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक पारित गर्न हुन्न भनी स्वतन्त्र सांसद खिमलाल देवकोटाले मत राखेका छन् ।

विधेयक पारित अघि देवकोटाले आफ्नो धारणा राख्दै नेपालमा विश्वविद्यालय धेरै भएको, प्रदेश सरकारले पनि विश्वविद्यालय स्थापना गर्न सक्ने भनिएको र प्रदेश सरकारले विश्वविद्यालयको सञ्चालनको तयारी समेत गरिरहेको अवस्थामा संघले थप विश्वविद्यालय खोल्नु उचित नहुने बताए ।

योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक ६ माघ २०७६ मा राष्ट्रियसभा सचिवालयमा दर्ता भएको थियो । तथ्याङ्क विधेयक २८ फागुन २०७६ मा राष्ट्रियसभा सचिवालयमा दर्ता भएको थियो ।