देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाल पक्षकाे केन्द्रीय कमिटी बैठक बस्दै, ओली पक्षकाे आपत्ति

देशान्तर

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले डाकेको केन्द्रीय कमिटीको बैठकप्रति पार्टी अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका छन् ।

नेपालले केन्द्रीय कमिटी बैठक आज डाकेका छन् । बैठक बिहान ११ बजे बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बस्दैछ ।

नेपालले पार्टी एकता, सरकारमा सहभागितालगायत विषयमा छलफल गर्न आफ्नो खेमाको केन्द्रीय कमिटी बैठक बोलाएका हुन् ।

एमाले संस्थापन समूहले भने एमालेका तर्फबाट आज केन्द्रीय कमिटीको कुनै बैठक आयोजना नगरिएको जनाएको छ ।

संविधान, प्रचलित कानुन र पार्टी विधानविपरीत हुने गतिविधिमा नलाग्न पार्टी कार्यकर्ताहरूलाई ओली समूहले अपील गरेको छ ।

अध्यक्ष ओलीले नेपाल बाहेकलाई मात्रै पार्टीमा स्थान दिन सकिने बताउँदै आएका छन् ।