देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रदेश १ को प्रदेश सभा बैठक बस्दै

देशान्तर

राटनगर – प्रदेश १ को प्रदेशसभा बैठक बिहीबार बस्दै छ। आर्थिक वर्ष ०७८– ०७९ को नीति कार्यक्रम तथा बजेट पास गरेपछि असार २५ गते स्थगित गरिएको बैठक दिनको १ बजे बोलाइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।

बिहिबारको बैठकमा प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदानसम्बन्धी विधेयक पेस गर्ने कार्यसूची छ। विधेयकमाथि आजैबाट छलफल हुने बताइएको छ।

प्रदेशसभामा केही ऐन संशोधन गर्न बनेको विधेयक २०७८, प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश आर्थिक कार्यविधि तथा उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ प्रदेश सभामा दर्ता भएका छन्।