देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लुम्बिनी प्रदेशका तीन मन्त्रीको मुद्धामा सुनुवाइ हुँदै

देशान्तर

काठमाडौँ – लुम्बिनी प्रदेश सरकारमा सहभागी तीन जना मन्त्रीहरुलाई जसपाले प्रदेश सभा सदस्यबाट पद मुक्त गरेको बिषयमा दायर गरेको रिटको बिहिबारसर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

शंकर पोखरेको नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरु सन्तोषकुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेलाई जसपाले सांसद पदबाट नै हटाएपछि सर्वोच्च अदालतमा परेको रिटको आज न्यायाधीश ईश्वर खतिवडाको इजलाशमा सुनुवाइ हुन लागेको हो ।

जनता समाजवादी पार्टी जसपाले कारवाही गरेपछि उनीहरु प्रदेश सभा सदस्यबाट पदमुक्त भएका थिए। पदमुक्त भएपछि साउन १८ गते रिटमा मंगलबार पेशी तोकिएपनि सुनवाइ हुन सकेको थिएन।

मन्त्री पाण्डेयले लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ती र प्रदेश सभा सचिवालय र पाटीलाई विपक्षी बनाइ सर्वोच्चमा रिट दर्ता गरेको बताए ।

यसअघि उनीहरुले दायर गरेको रिट अदालतमा विचाराधीन छ । मुद्दा विचाराधीन रहेको अवस्थामा फेरी कारवाही गर्दै पदबाट हटाएपछि मानहानी समेत भएको भन्दै मन्त्रीहरु अदालतमा पुगेका हुन् ।

लुम्बिनी प्रदेशमा जसपासँगै माओवादी पार्टीबाट निर्वाचन जितेका दधिराम न्यौपाने र दिनेश पन्थीले पनि पार्टी र प्रदेशसभा सचिवालयलाई विपक्षी बनाई आफ्नो सांसद पद यथावत रहनु पर्ने भन्दै रिट दायर गरेका छन् ।

उनीहरुलाई भदौ ८ गतेका लागि सर्वोच्चले अदालतले बोलाएको छ । यी ५ जना पदमुक्तको सन्दर्भमा अदालतबाट आउने निर्णयले सरकार गिराउने र बनाउने महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।