देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले माधव समूहको स्थायी कमिटी सकियो, केन्द्रीय कमिटी सुरु

देशान्तर

काठमाडौं – नेकपा एमालेको माधव नेपाल समूहको स्थायी कमिटी बैठक भर्खरै सकिएको छ। बिहीबार ११ बजेदेखि जारी स्थायी कमिटी बैठक सकिएलगत्तै केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। स्थायी कमिटीमा योगेश भट्टराई र सुरेन्द्र पाण्डे अनुपस्थित रहेको बताइएको छ।

स्रोतको अनुसार भट्टराई कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा परेका कारण नआएका हुन् भने पाण्डेको पिएसओलाई कोरोना संक्रमण पुष्टि भएका कारण उनी पनि कट्याक ट्रेसिङमा परेका कारण बैठकमा सहभागी नभएका हुन्।

आजको बैठकले पार्टीको आन्‍तरिक विवाद र एकताबारे टुंगो लगाउने तथा सरकारमा सहभागी हुने र नहुनेबारे निर्णय गर्ने बताइएको छ।