देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महामन्त्री कोइरालाले भने – भदौमा कांग्रेस महाधिवेशन सम्भव छैन

देशान्तर

चितवन – नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले आगामी भदौमा १४औं महाधिवेशन सम्भव नरहेको बताएका छन्। शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताए।

उनले भने, ‘आन्तरिक समस्या समाधान गरेर महाधिवेशन मंसिरसम्ममा हुन्छ।’ पार्टीभित्र क्रियाशील सदस्यताको विवाद महाधिवेशनका समयमा हुने गरेको जनाउँदै महामन्त्री कोइरालाले यो परिपाटीको अन्त्य गरी महाधिवेशनभन्दा एक वर्षअघि नै टुंग्याउनुपर्ने बताए। महाधिवेशन छिटो हुनुपर्नेमा आफूहरुको माग रहेको उनको भनाइ छ।

‘पार्टी सभापतिका लागि मैले पनि उम्मेदवारी घोषणा गरेको छु‚’ उनले भने‚ ‘संस्थापन पक्षबाट अन्य दुई जना उम्मेदवार हुनुहुन्छ। सबै निर्वाचन लडे हारिन्छ। एउटा मात्र उम्मेदवार बनाउन छलफल भइरहेको छ।’

फरक प्रसंगमा उनले आफू मन्त्रिमण्डलमा सहभागी नहुने र बाहिर बसेर सरकारलाई सहयोग गर्ने बताए।