देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले माधव पक्षको बैठक: सम्मानजनक एकतालाई प्राथमिकता दिन सुझाव

देशान्तर

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा नेताहरुले सुझाव दिने क्रम सकिएको छ । बुधबारबाट शुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले सुझाव दिने क्रम सकिएको हो ।

बैठकमा पार्टी एकता गर्नका लागि अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने कुरामा अधिकांश केन्द्रीय सदस्यहरुले जोड दिएका छन् । बिहीबारदेखि जारी केन्द्रीय कमिटी बैठकमा आजसम्म ५५ जना केन्द्रीय सदस्यहरुले पार्टी एकताका विषयमा धारणा राखेका छन् । यसरी बोल्ने केन्द्रीय सदस्यहरुमध्ये आधाजसोले एमाले एकता गर्न अहिलेसम्मको गल्तीका लागि ओलीले सार्वनजिक रुपमा माफी माग्नुपर्ने मत राखेका हुन् । माधव पक्षीय केन्द्रीय सदस्य मेटमणि चौधरीका अनुसार ओलीले माफी नमागेसम्म एमाले एकतामा जान नहुने अडान नेताहरुले राखेका थिए ।

‘मूल कुरा सम्मानजनक एकता हो । तर एकताको प्रयास कहिलेसम्म भन्ने पनि हुन्छ,’ अर्का केन्द्रीय सदस्य निरज आचार्यले भने । एकता वार्तालाई अब धेरै लम्ब्याउन नहुने सुझाव नेताहरुले दिएको उनले बताए । ‘एकताको नाममा अल्मलिन हुँदैन । हामीलाई झुलाइरहन यस्तो गरिएको हो कि भन्ने आशंका धेरै नेताहरुले गर्नुभएको छ,’ उनले भने । प्रतिनिधिसभा विघटनबारे ओलीले माफी माग्नुपर्ने पनि केही नेताहरुले तर्क गरेका थिए ।