काठमाडौं – नेपाली कांग्रेसका शीर्ष नेताहरु छफफलमा जुटेका छन् । क्रियाशील सदस्यता विवाद र महाधिवेशनको नयाँ कार्यतालिकाको विषयमा छलफल गर्न शुक्रबार बैठक बसिरहेको हो।
सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा शीर्ष नेताहरुको बैठक बसिरहेको हो। विवादित स्थानका क्रियाशील सदस्यताका विषय आजसम्म टुंगो लगाउने यसअघि निर्णय भएको थियो।
नवीकरण र अन्य दलबाट आएकाहरुको समायोजन गर्दा अपनाइएको विधिमा पार्टी भित्र विवाद छ। बारा र सप्तरीको क्रियाशील सदस्यता इन्ट्री नै हुन सकेको छैन। सर्लाही र धनुषामा नवीकरणको विवाद छ। सिन्धुपाल्चोक र रसुवामा समायोजन भएर बनेका क्रियाशील सदस्यको टुंगो लाग्न सकेको छैन।





प्रतिक्रिया