देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मै सबथोक र सर्वज्ञानी भन्ने अहंकारले एमालेमा समस्या : माधव नेपाल

देशान्तर

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले ‘म सबथोक र सर्वज्ञानी’ भन्ने अहंकारले पार्टीभित्र समस्या देखिएको बताएका छन् । शनिबार आफू पक्षीय जनवर्गीय संगठनहरुले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै नेता नेपालले पार्टीभित्र देखिएको समस्या समाधान गर्नका लागि आफू एक्लैको प्रयास पर्याप्त नहुने पनि बताए ।

‘हामी कहाँ पनि अहंकारका प्रवृत्तिहरु देखा परे । सामुहिकताका भावनाहरु हराउन थाले । अरुका ज्ञान अनुभवहरुलाई बेवास्ता गर्न थालियो । मै सबथोक, सर्बज्ञानी हुँ भन्ने अहंकार, घमण्ड बढेर गयो । हाम्रो पार्टी नेकपा (एमाले) मा समस्या देखाप¥यो’ उनले भने, ‘त्यो समस्या हामी हल गर्न चाहिरहेका छौं ।’

वरिष्ठ नेता नेपालले पार्टी एकताका नाममा बाँदरे नाच प्रदर्शन गरिएको पनि बताएका छन् । उनले आफूभित्र रहेका त्रुटी स्वीकार गरेर अघि बढ्ने आँट गर्नुपर्ने पनि बताए । ‘त्रुटी नभएको मान्छे कोही पनि हुँदैन । मान्छे हो त्रुटी हुन सक्दछ । सबै सुध्रिउन् । देश, जनता र राष्ट्रका लागि समर्पित होऔं’ उनले भने । उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न उठाउँदै आएका छन् । अध्यक्ष ओलीको अभिव्यक्ति र कार्यशैलीका कारण पार्टी एकतामा समस्या उत्पन्न भएको नेता नेपालले बताउँदै आएका छन् ।