देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले एकता जोगाउन भीम रावल सक्रिय

देशान्तर

काठमाडौं – पार्टीभित्रको विवाद समाधानका लागि नेकपा एमालेका उपाध्यक्ष भीम रावल सक्रिय भएका छन्।

नेता नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार बोलाएको केन्द्रीय कमिटीको बैठक नडाक्न चेतावनी दिएको थियो। तर, उपाध्यक्ष रावलको सक्रियतापछि ओलीले आज बोलाएको केन्द्रीय कमिटीको बैठकलाई स्थगित गरेर भोलिको लागि बोलाएका छन्।

शनिबार दिउँसो उपाध्यक्ष रावलले अध्यक्ष ओलीसँग भेटेर बैठक रोक्न माग गरेका थिए। अध्यक्ष ओली भेटलगत्तै उपाध्यक्ष रावलले शनिवार बेलुका राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए।

उपाध्यक्ष रावल दसबुँदे सहमति कार्यान्वयन गरी एकताको बाटो पहिल्याउनुपर्ने अडानमा छन्। तर, बिहीबार र शुक्रबार बसेको नेपाल समूहको केन्द्रीय कमिटी बैठकले सम्मानजनक एकता हुनुपर्ने निष्कर्ष निकालेको थियो।

ओलीले आजको बैठक रोक्नु एकताका लागि सकारात्मक सन्देश भएको भन्दै विघटित कार्यदलका सदस्यहरू अनौपचारिक छलफलमा जुटिरहेका एक नेताले बताए।