देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गृहमन्त्री खाँण र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

देशान्तर

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गरेकी छन् । आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा राजदूत यान्छीले नेपालको वर्तमान सरकार परिवर्तन हुँदा चीनले सकारात्मक रूपमै लिएको बताइन् ।

उनले नेपाल सरकार र लोकतन्त्रप्रति चिनियाँ सरकार सधैं सकारात्मक रहेको बताइन् । मन्त्री खााणले भेटमा चिनियाँ सरकारले गर्दै आएको मानवीय सहयोगका लागि धन्यवाद दिए । कोभिडविरुद्धको लडाइ र नागरिकको जीवन रक्षाका लागि उपलब्ध गराएको खोपको लागि उनले चिनियाँ सरकारलाई धन्यवाद दिए ।