देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

देउवाका कारण कांग्रेसको अस्थित्व जोगाउन निर्वाचन आयोगसँग भिख माग्नु पर्ने अवस्था आयो : पौडेल

देशान्तर

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको आलोचना गरेका छन् ।

सामाजिक सञ्जालमा सोमबार विहान एक पोष्ट गर्दै सभापति तथा प्रधानमन्त्री देउवाले महाधिवेशन गर्न नसकेको भन्दै आलोचना गरेका हुन् ।

पौडेलले चार वर्षमा गरिसक्नुपर्ने महाधिवेशन थपिएको साढे एक वर्ष बितिसक्दा पनि हुन नसकेको भन्दै नेतृत्वको चरम लापरबाही र असफलता भएको बताउनुभएको छ ।

पार्टी नेतृत्वले नै नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्‍याएको उनको टिप्पणी छ ।

देउवालाई सङ्केत गर्दै सर्वत्र असफल व्यक्ति बारम्बार सत्ता समाल्न पुगेको आरोपसमेत लगाएका छन् ।