देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस संस्थापन इतर जिल्ला सभापतिको भेला काठमाडौंमा जारी

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर जिल्ला सभापतिहरुको भेला काठमाडौंमा जारी छ ।

ठमेलस्थित एक होटेलमा जारी भेलामा ४७ जना जिल्ला सभापतिहरु सहभागी भएका छन् । नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीका अनुसार ३५ जना भौतिक उपस्थितिमा र १२ जना भर्चुअल रुपमा सहभागी भएका छन् । भेलामा जिल्ला सभापतिहरुले भनाइ राख्ने क्रम जारी छ ।

कांग्रेसको १४औं महाधिवेशन पूर्वनिर्धारित मिति भदौ १६ मा नहुने भएपछि संस्थापन इतर जिल्ला सभापतिहरु काठमाडौंमा भेला भएर छलफलमा जुटेका हुन् ।

छलफलबाट महाधिवेशनका सम्बन्धमा आवश्यक रणनीति बनाइने काभ्रे जिल्ला सभापति मधु आचार्यले जानकारी दिए