देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले स्थायी कमिटी बैठक शुरू

देशान्तर

काठमाडौं – नेकपा एमालेको स्थायी कमिटी बैठक शुरू भएको छ।

दिउँसो ३ बजेको लागि बोलाइएको केन्द्रीय कमिटीको बैठकअघि स्थायी कमिटी बैठक बसेको हो। जारी बैठकमा विधान महाधिवेशनमा लगिने दस्तावेज तयार गरिने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए। एमालेले भदौ २७ र २८ गते विधान महाधिवेशन तय गरिसकेको छ। स्थायी कमिटीले पास गरेका दस्तावेज केन्द्रीय कमिटी बैठकमा छलफलका लागि पेश हुनेछन्।

संस्थापन पक्षले बोलाएको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष अनुपस्थित रहँदै आएको छ। आन्तरिक विवाद समाधान नहुँदासम्म बैठकमा सहभागी नहुने सो पक्षको अडान छ।

पार्टी एकतामा जोड दिने निष्कर्ष निकालेको नेपाल पक्षकै आग्रहमा हिजो बस्नेगरी बोलाइएको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक एक दिन सारिएको थियो। नेपाल पक्षले भने सहमति गर्न पर्याप्त छलफल आवश्यक भएकाले केही दिन बैठक स्थगित गरेर दुवै पक्षबीच संवादमा जोड दिन आग्रह गरेको छ।