काठमाडौँ — निर्वाचन आयोगले जसपा पार्टी अधिकारिकताको विवादमा उपेन्द्र यादवको पक्षमा उभिएका ३५ जना केन्द्रीय कार्यकारिणी समितिलाई आधिकारिक रुपमा अभिलेखीकरण गरेको छ । आयोगको यो अभिलेखसँगै जसपाको अध्यक्ष महन्थ ठाकुर वैधानिक रुपमा पार्टीको अध्यक्षबाट हटेका छन् ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार यादवको पक्षमा उभिएका ३५ जनालाई अभिलेखीकरण गरिएको हो । अभिलेखसँगै जसपाको केन्द्रीय कार्यकारिणी समिति ३५ जना भएका छन् भने वैधानिक अध्यक्ष उपेन्द्र यादव भएका छन् ।
ठाकुरसहित जसपाका वरिष्ठ नेता राजेन्द्र महतो, लक्षमणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ललगायतका नेताहरु अब साधारण सदस्य मात्रै भएका छन् ।





प्रतिक्रिया