देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अहंकारीलाई माथ दिएर अघि बढ्ने छौं : माधव नेपाल

देशान्तर

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू कसैको टाङमुनि नछिर्ने बताएका छन् । एमबिबिएस प्रवेश परीक्षाका टपर आशिक झालाई सम्मान गर्न मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले विद्यार्थीको सम्मान कार्यक्रममा आएर राजनीतिक कुरा गर्न आफूलाई ठीक नलागेको बताए । ‘बिहेमा जाने हो भने मलामीका कुरा नगर्नु’, उनले भने, ‘मलामी जाने हो भने गीत संगीतका कुरा नगर्नु ।’ नेता नेपालले एमाले एकता र अध्यक्ष केपी शर्मा ओलीतिर लक्षित गर्दै आफू अध्याँरो सुरुङमा नछिर्ने पनि बताए ।

‘हामी कसैको टाङमुनि छिर्नवाला छैनौं’, उनले एमाले एकताबारे संकेत गर्दै भने, ‘अध्याँरो सुरुङमा जाने छैनौं । दम्भी र अहंकारीलाई माथ दिएर अघि जानेछौं ।’ उनले साहसी र बहादुरको मात्रै कदर हुने गरेको पनि बताएका छन् । ‘समाजमा साहसी र बहादुरको मात्रै कदर हुन्छ, कायर र डरपोखको हुँदैन’, नेपालले थपे, ‘हामी जायज कुरामा कसैसँग डग्दैनौं । नाजायज कुराको अर्थ रहँदैन । सत्य र न्यायको बाटोमा अघि बढ्दा संसारले राम्रो भन्छ ।’