काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । संघीय संसद् भवन नयाँबानेश्वस्थित सभामुखको कार्यकक्षमा मंगलबार प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच सदनलाई प्रभावकारी बनाउनेलगायत विषयमा छलफल भएको हो ।
प्रधानमन्त्री र सभामुखबीच आज संघीय संसद् भवन नयाँबानेश्वस्थित सभामुखको कार्यकक्षमा सदनलाई प्रभावकारी बनाउने, विधेयकहरुलाई अघि बढाउने लगायतका विषयमा छलफल भएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यापानेले जानकारी दिए ।
छलफलका क्रममा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा र नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक देव गुरुङ पनि सहभागी थिए ।





प्रतिक्रिया