देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लुम्बिनी प्रदेशसभा : मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेश, सत्तापक्ष अनुपस्थित

देशान्तर

काठमाडौं– लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेश भएको छ।

पूर्वनिर्धारित समय १ बजे नै बैठक शुरू भएको हो । बैठकमा सत्ता पक्ष नेकपा एमालेका प्रदेशसभा सदस्यहरू अनुपस्थित छन्। प्रदेशसभामा अविश्वास प्रस्तावबारे छलफल चलिरहँदा मुख्यमन्त्री शंकर पोखरेल भने राजीनामा बोकेर प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन्। प्रदेशसभामा एमालेका ३८ जना छन्। नयाँ प्रस्तावित मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ।

विपक्षी दलहरूले मुख्यमन्त्री पोखरेलविरुद्ध साउन १८ गते प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए।

विपक्षी गठबन्धनले बुधबार नै अविश्वास प्रस्ताव टुंग्याउने तयारी गरिरहेको छ।सत्ता पक्ष भने सर्वोच्चको आदेश नआएपछि अलमलमै परेको थियो। सर्वोच्च अदालतमा विशेष अधिवेशन रोक्न माग गर्दै दायर गरिएको रिटमाथि सुनुवाइ जारी छ।