काठमाडौं – मुख्यमन्त्री शंकर पोखरेलको राजीनामालगत्तै लुम्बिनीका मुख्य न्यायाधीवक्ता ठाकुरप्रसाद डीसीले पनि पदबाट राजीनामा दिएका छन् ।
संघीय सरकारमा महान्यायाधीवक्ताजस्तै प्रदेश सरकारको कानूनी सल्लाहकारका रूपमा मुख्य न्यायाधीवक्ता रहने संवैधानिक व्यवस्था छ । डीसीलाई मुख्यमन्त्री पोखरेलको सरकारले मुख्य न्यायाधीवक्ता नियुक्त गरेको थियो ।
प्रदेश प्रमुख अमिक शेरचनले डीसीको राजीनामा स्वीकृत गरेका छन् ।





प्रतिक्रिया