देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस प्रवक्ता शर्मालेद्धारा कुलमानलाई बधाई

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बधाई दिएका छन् ।

आज नियुक्त भई कार्यभार सम्हालेका घिसिङलाई प्रवक्ता शर्माले सरकारले जनअपेक्षाको सम्बोधन गरेको बताएका छन् । प्रवक्ता शर्माले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्– ‘बधाई छ कुलमानजी सरकारले जनअपेक्षाको सम्बोधन गरेको छ । ’

त्यसैगरी प्रवक्ता शर्माले घिसिङले समयको माग र जनताको अपेक्षाबमोजिम अर्को परीक्षामा सफलता हासिल गर्ने विश्वास लिएको बताए । ‘अब समयको माग र जनताको अपेक्षाबमोजिम एक अर्को परिक्षामा एक अर्को सफलता हासिल गर्न सक्नुहुनेछ भन्ने विश्वास छ । हृदयदेखि शुभकामना’, उनले भने ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई विद्युत प्राधिकरणको जिम्मेवारी दिने निर्णय गरेको थियो । सोहीअनुसार आज उनले नियुक्ती लिएका हुन् । नियुक्तिसँगै कार्यभार सम्हालेका उनले सरकारको जनअपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।