देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महाधिवेशन विवाद : ललितपुरमा देउवा निकट जिल्ला सभापतिको ‘काउण्टर’ भेला

देशान्तर

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन समूह इतर जिल्ला सभापतिहरुको भेला सकिए लगत्तै पार्टी सभापति शेरबहादुर देउवा निकट जिल्ला सभापतिहरुको भेला भएको छ । महाधिवेशनलाई सुनिश्चित गराउन भन्दै संस्थापन पक्ष निकट जिल्ला सभापतिहरु बिहीबार बिहानदेखि छलफलमा जुटेका हुन् ।

बैठकमा सहभागी भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले सभापति भेलाका नाममा महाधिवेशन र पार्टी नेतृत्वका बारेमा भ्रम फैलाउने काम भएको भन्दै त्यसलाई चिर्न आफूहरु छलफलमा जुटेको जानकारी दिएका छन् ।

देउवा निकट जिल्ला सभापतिहरुले अहिले महाधिवेशन गर्न नसकिने निष्कर्ष निकालेका छन् । ललितपुरको समीट होटलमा बसेको भेलाले ६ बुँदे सुझाव तयार पारेको छ । त्यसमा अहिले महाधिवेशन गर्न नसकिने प्रमुख निष्कर्ष रहेको ओखलढुंगाका जिल्ला सभापति प्रदीपकुमार सुनुवारले जानकारी दिए । भेलाले कोरोना अवधिलाई आधार मानेर महाधिवेशनको अर्को मिति तय गर्न सुझाव दिएको उनले जानकारी दिए ।

उनका अनुसार अहिले केहीबेरपछि भेलाले तयार पारेको निष्कर्ष सभापति देउवालाई बुझाइनेछ ।