देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गोरखा सैनिकको न्यायका लागि तत्काल ब्रिटिश सरकारसँग वार्ता गर्न माग

देशान्तर

काठमाडौँ – नेपाली काँग्रेसका सांसद डा।डिला संग्रौलाले गोरखा सैनिकहरूको न्यायका लागि तत्काल ब्रिटिश सरकारलाई दबाब दिन सरकारलाई आग्रह गरेकी छन् । शुक्रबार संसदको शून्य समयमा बोल्दै सांसद संग्रौलाले तत्काल कुटनीतिक माध्यमद्वारा ब्रिटिश सरकारसँग सम्पर्क गरी वार्ता समिति गठन गर्न र वार्ताको मिति तोक्न आग्रह गरेकी हुन् ।

संग्रौलाले भनिन्– ‘संसारभरि बहादुरीका लागि चिनिएका गोर्खा सैनिकहरु अहिले आफ्नै लागि न्याय माग्दै गएको शनिबारदेखि ब्रिटिश प्रधानमन्त्री कार्यालय नजिकै लन्डनमा आमरण अनशन बसी रहेका छन्। उनीहरुको जीवन रक्षा गर्नु नेपाल सरकारको कर्तव्य हो। त्यसैले म नेपाल सरकारलाई तत्काल कूटनीतिक माध्यमद्वारा ब्रिटिश सरकारसंग सम्पर्क गरी वार्ता समिति गठन गर्न, वार्ताको मिति र स्थान तोक्न पहल गर्न आग्रह गर्दछु।’

२१ जुलाईदेखि गोरखा सैनिकहरुले समान अधिकारको मागसहित ब्रिटिश प्रधानमन्त्री कार्यालय अगाडि धर्ना दिइरहेका छन् ।