बुटवल – ग्रामिण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले दाङमा रहेको आफ्नो कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका छन् । पूर्ववर्ति सरकारका ग्रामिण तथा शहरी विकास मन्त्री हरि रिजालले सो मन्त्रालयको कार्यसम्पादन स्थायी राजधानी दाङमै गरेकाले चौधरीले बुटवलमा पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गर्न देउखुरी उपत्यका पुगेका हुन् ।
नेपाल कांग्रेसले गठबन्धनको सरकारमा चौधरीकै नेतृत्वमा जाने निर्णय गरेको थियो । सोही निर्णय अनुसार चौधरी पहिलो चरणमा मन्त्री भएका हुन् । उनले आफ्नो छोटो कार्यकालमा सकेजति जनताको पक्षमा काम गर्ने बताए ।
संघीय सरकारमा समेत राज्यमन्त्री भैसकेका उनले आफ्नो अनुभवको समेत उपयोग गरेर कार्यसम्पादन गर्ने बताए ।
नेपालमा कमैयामुक्ति आन्दोलनमा ऐतिहासिक भूमिका खेलेका मन्त्री चौधरीले प्रदेशका जनताको भावनालाई एकीकृत गर्ने गरि प्रदेश सरकारले काम गर्ने जनाएका छन् ।





प्रतिक्रिया