देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विधेयकसम्बन्धी सन्देश टेबल

देशान्तर

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभाबाट दुई विधेयकका सम्बन्धमा प्राप्त सन्देशलाई टेबल गरिएको छ ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभामा उत्पत्ति भएका ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६’ र ‘तथ्याङ्क विधेयक, २०७६’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबल गरेको हो।

प्रतिनिधिसभाको अर्को बैठक यही साउन ३२ गते दिउँसो १ बजे बस्नेछ ।