देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रचण्डको ‘ब्रिफिङ’ : मन्त्रिपरिषद विस्तारमा अलि ढिलाइ हुने देखियो

देशान्तर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको सम्भावना तत्काल कम रहेको बताएका छन् । पार्टी कार्यायल पेरिसडाँडामा शुक्रबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले अझै केही दिन मन्त्रिपरिषद् विस्तारको काम अघि बढ्ने सम्भावना नदेखिएको बताएका हुन् ।

शनिबारदेखि शुरु हुने पार्टी केन्द्रीय कमिटी बैठकको तयारी स्वरूप बसेको स्थायी कमिटी बैठकमा नेताहरूले मन्त्रिमण्डल विस्तारको विषय उठाएपछि प्रचण्डले विभिन्न पार्टीभित्र आन्तरिक समस्या रहेको र मुख्य गरी नेकपा एमालेको माधव नेपाल समूहलाई पर्खिरहेका कारण मन्त्रिपरिषद् विस्तारको काम अघि बढ्न नसकेको जानकारी गराएका थिए ।

‘मन्त्रिपषिद् विस्तार गर्नुपर्छ भनेर त लागेकै छौं, तर तत्काल अघि बढ्ने सम्भावना देखिँदैन’, प्रचण्डले भने, ‘पार्टीहरूका आन्तरिक समस्या पनि छन्, साथै माधव कमरेडहरूलाई पनि केही दिन पर्खिने कि भन्ने जस्तो छ । ठोस केही बनिसकेको छैन ।’

नयाँ सरकार गठन भएको एक महिना बितिसक्दा समेत मन्त्रिपरिषद् विस्तारको काम अघि बढ्न सकेको छैन । अहिलेसम्म प्रधानमन्त्री शेरबहादुर देउवासँगै अन्य चार मन्त्री र एक राज्यमन्त्री मात्रै नियुक्त छन् । गठबन्धन सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै पार्टीभित्रै आलोचना शुरु भएको छ ।